२० फाल्गुन २०८१, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

‘तर्साउने घर’ कसरी बेच्ने ? जापानका यी व्यापारीसँग सिक्नुहोस्



अ+ अ-

एजेन्सी । जापानमा धेरै मानिसहरू भूतप्रेत हुन्छ भन्ने कुरा पत्याउँछन्। कसैको अकाल मृत्यु भएको घरमा भूतप्रेत लाग्छ भन्ने विश्वास गरिने भएकाले त्यस्ता घरमा मानिसहरू बस्न रुचाउँदैनन्।

तर आकिरा नामक यी घरजग्गा व्यापारी त्यस्तै भवन विक्री गर्छन्। अकिराले सात वर्ष देदि यस्ता घर बेचिरहेका छन् । उनले आफुले भुताहा घर बेचेका स्वीकार गरेका छन् । उनले भने, 'म भुताह घर बेच्छु, म तर्साउने घर बेच्ने दलाल हुँ ।'  

जापानमा धेरै मानिसहरु भुतप्रेतमा विश्वास गर्छन् । उनीहरु प्रेत्मात्माले तर्साउने कुरा पत्याउँछन् । अकाल मृत्यु भयो वा कुनै मान्छे एक्लै हुँदा मृत्यु भयो भने प्रेत बन्ने उनीहरुको मान्यता छ । 

आकिराले भने, 'मलाइ एकचोटि अकस्मात् एउटा डाँडाको टुप्पामा अवस्थित १५ वटा चिहान भएको घरजग्गा बेचिदिन आग्रह गरियो ।' जापानमा त्यस्तो स्थानलाई जिको बुक्केन भनिन्छ । अकिरा त्यस्तो घरहरुको जिर्णोद्धार गर्छन् । त्यसपश्चात केही छुट दिएर बेच्ने प्रयास गर्छन् । घरमालिकले आत्महत्या गरेपछि यो घर बिक्रीमा छ । जिको बुक्केन किन्ने मेरो अधिकांश ग्राहक युवापुस्ताका छन् । उनीहरु भुतप्रेतको कुरा पत्याउँदैनन् । सन् २०१४ देखि उनले त्यस्ता ५०० वटा घर बेचिसकेका छन्।

तर जापानको घट्दो जनसङ्ख्याका कारण त्यस्ता घरको माघ पनि घटिरहेको छ। सबैलाई अचम्म लाग्न सक्छ, तर 'यो काम रमाइलो छ' भन्ने हाम्रो मुलमन्त्र हो ।  जापानको कुल जनसङ्ख्या १२.७ करोड छ। तर सन् २०६५ सम्म घटेर ८.८ करोड पुग्ने अनुमान गरिएको छ।