१७ बैशाख २०८२, बुधबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

सरकारलाई समर्थन गरेका दलहरुको बैठक बालुवाटारमा जारी



अ+ अ-

काठमाडौं ।सरकारलाई बिश्वासको मत दिएका दलहरुको बैठक सुरु भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई बिश्वासको मत दिएका दलहरुको बैठक बोलाउनु भएको थियो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा माघ ५ गते हुने सभामुखको निर्वाचन लगायत बिषयमा छलफल भै रहेको जनाईएको छ ।

बैठकमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, संसदीय दलका मुख्य सचेतक रमेश लेखक सहभागी हुनु भएको छ । त्यसैगरी एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेल, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एबंउपप्रधान एबं गृहमन्त्री रवि लामिछाने , राप्रपा अध्यक्ष एबं उपप्रधान तथा उर्जा मन्त्री राजेद्र लिङदेन नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल बैठकमा सहभागी हुनु भएको छ ।

बैठकमा नेपाल समाजबादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई,र सञ्चारमन्त्री रेखा शर्मा लगायतका नेताहरू सहभागी रहनु भएको छ ।

फोटो -प्रधानमन्त्रीको सचिवालय