काठमाडौँ । नेपाल टेलिकमको मोबाइल सेवा मुलुकभर नै अवरुद्ध भएको छ । मोबाइल सेवाअन्तर्गत ल्यान्डलाइन, प्रिपेड तथा पोस्टपेट सेवा मंगलबार बिहान करिब साढे १२ बजेदेखि अवरुद्ध भएको हो ।
टेलिकमका इन्टरनेट र एसएमएस सेवासमेत अवरुद्ध भएको छ । टेलिकमको आधिकारिक वेबसाइटसमेत अवरुद्ध छ । यसबारेमा टेलिकमले अहिलेसम्म कुनै जानकारी दिएको छैन ।