२४ चैत्र २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

दुई जना फरेन्सिक विज्ञ शव पहिचानका लागि पोखरा जाँदै



अ+ अ-

काठमाडौँ । पोखरामा विमान दुर्घटनामा निधन भएकाहरुको शव पहिचानका लागि काठमाडौँबाट दुई जना फरेन्सिक विज्ञ पोखरा जाने भएका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार दुर्घटनामा अहिलेसम्म २६ जनाको मात्र शव पहिचान भएको छ । विमानमा सवार ७२ मध्ये हालसम्म ६८ को शव फेला परेको जनाइएको छ । चार जनाको शवको खोजी भइरहेको छ ।

दुर्घटनास्थलबाट निकालिएका शवहरुलाई पोखरा स्वास्थ्य प्रतिष्ठानमा राखिएको छ । टिचिङ अस्पताल महाराजगञ्जका फरेन्सिक विशेषज्ञ डा गोपाल चौधरी र डा समारिका दाहाल पोखरा जाँदै हुनुहुन्छ ।