१२ फाल्गुन २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

सरकारले पृथ्वी जयन्तिमा सार्वजनिक विदा दिने निर्णय गरेर रामो गर्योः ओली



अ+ अ-

काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले पृथ्वी जयन्तिमा सार्वजनिक विदा दिने निर्णय गरेर रामो गरेको टिप्पणी गर्नु भएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले बुधबार पृथ्वी जयन्तिको अवसर पारेर काठमाडौंमा आयोजना गरेको चियापान कार्यक्रमपछि उहाँले सञ्चारकर्मी माझ सो प्रतिक्रिया दिनु भएको हो ।

अध्यक्ष ओलीले नेपालको एकीकरण गरेर पृथ्वीनारायण शाहले सिंगो नेपाललाई एकतावद्ध गर्नु भएको स्मरण समेत गराउनु भयो । उहाँले भन्नु भयो, ‘राम्रो । पृथ्वीनारायण शाहले देशलाई एकीकरण गर्ने सन्दर्भमा जुन अगुवाई गर्नु भयो । जुन नेतृत्व गर्नु भयो । र, देश एकीकृत भयो । एकीकरण भयो । एउटा देश भयो । नेपाल भयो । हामी नेपाली भयौं । त्यसकारण पृथ्वीनारायण शाहको जन्मदिको खुशीयालीमा सरकारले विदा दियो । पहिलो पटक होला यो सन्दर्भमा ।’

सरकारले बुधबार पृथ्वी जयन्तिको अवसर पारेर सार्वजनिक विदा समेत दिएको छ । सत्तारुढ राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई विश्वासको मत दिन पृथ्वी जयन्तिमा सरकारले सार्वजनिक विदा दिनुपर्ने शर्त समेत राखेको थियो ।