१७ बैशाख २०८२, बुधबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

मा‌ओवादी केन्द्रको बैठकमा विश्वासको मतबारे छलफल हुँदै



अ+ अ-

काठमाडौँ । मंगलबार लिने भनिएको विश्वासको मतको विषयमा छलफल गर्न नेकपा (माओवादी केन्द्र) को सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बसिरहेको छ ।

आज दिउँसो १ बजे बोलाइएको संसद्को बैठक अगावै अगावै पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मतबारे पार्टीका सांसदहरूसँग छलफल गर्न बैठक बोलाउनुभएको बताइएको छ ।

प्रधानमन्त्री प्रचण्डले मंगलबार प्रतिनिधिसभामा विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै हुनुहुन्छ । उहाँको नेतृत्वको सरकारलाई विश्वासको मत दिन आइतबार बसेको सत्ता साझेदार दलको बैठकले प्रतिनिधिसभा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरुलाई आह्वान गरिसकेको छ ।