८ मंसिर २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

डलर सटही गर्दै हुनुहुन्छ ? जान्नुहोस् कुन देशको मुद्राको विनिमयदर कति रहेको छ ?



अ+ अ-

काठमाडौं । मङ्गलबार अमेरिकी डलर, युरोसहित अन्य देशको विनिमयदर केही घटेको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १९ रुपैयाँ ५० पैसा तोकिएको छ भने बिक्रिदर १ सय २० रुपैयाँ १० पैसा तोकिएको छ ।  

त्यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ३७ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ४२ पैसा तोकिएको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६३ रुपैयाँ ८९ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६४ रुपैयाँ ७१ पैसा तोकिएको छ।  

एक युरोको खरिददर १ सय ४० रुपैयाँ ७१ पैसा रहेको छ भने बिक्रीदर १ सय ४१ रुपैयाँ ४१ पैसा रहेको छ । एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ८६ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ०२ पैसा तोकिएको छ । 

यस्तै एक बहराइन दिनारको खरिददर ३ सय १६ रुपैयाँ ९८ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १८ रुपैयाँ ५७ पैसा तोकिएको छ। एक मलेसिया रिंगिटको खरिददर २८ रुपैयाँ २९ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ४३ पैसा तोकिएको छ ।