
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक सारेको छ।
केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार पुस २२ गते बस्ने भनिएको निर्धारित बैठक सारेर २८ गते पुर्याईएको हो ।
यस्तै, कांग्रेसले संसदीय दलको बैठकको लागि डाकेको छ । प्रतिनिधिसभाको अधिवेशन पौष २५ गते प्रारम्भ हुने भएकाले २३ गते दिउँसो १ बजे बस्ने पार्टी कार्यालय सानेपामा संसदीय दलको बैठक बोलाएको पौडेलले बताए ।