
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ ।
ओली निवास बालकोटमा भएको भेटमा दुई नेताबीच सामसामयिक राजनीति, नयाँ सत्तारुढ गठबन्धन, सरकारको प्रभावकारितालगायतका विषयमा छलफल भएको नेसपाले जनाएको छ ।