
काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।
बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरे लगत्तै लामिछाने बालकोट पुगेका हुन् ।
बालकोटको बार्दलीमा एमाले अध्यक्ष केपी शर्मा ओली र उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेबीच विभिन्न विषयमा छलफल भएको उनको सचिवालयले जनाएको छ ।
गठबन्धनको भागबण्डादेखि सरकारको कामको तरिका र गृह प्रशासन सञ्चालनका सन्दर्भमा समेत छलफल भएको बताइएको छ ।