१६ बैशाख २०८२, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

‘नेपाली पत्रकारिता समग्रतामा सन्तोषजनक छ’



अ+ अ-

काठमाडौं । मुलुकका वरिष्ठ पत्रकारले नेपाली पत्रकारिता क्षेत्रमा केही कमीकमजोरी र असङ्गति देखिए पनि समग्रतामा भने सन्तोषजनक ढङ्गबाटै अघि बढिरहेको बताउनुभएको छ ।

नेपाल पत्रकार महाङ्घ र मानवअधिकार सञ्चार प्रतिष्ठान नेपालद्वारा आज यहाँ आयोजित सञ्चार गृह र पत्रकारिताका अवसर एवं चूनौति विषयक कार्यक्रममा उहाँहरूले पत्रकारिता क्षेत्रले सुविधा र आकर्षणका नाममा बन्दनलाई स्वीकार्न नहुँने सुझाव दिनुभयो ।

सो अवसरमा वरिष्ठपत्रकार राजेन्द्र दाहालले अरु पेशा व्यवसायको तुलनामा पत्रकारिता क्षेत्रको दायित्व र धर्म फरक भएकाले यस विधाको मर्म, चिन्तन, मनन् र चूनौतिबारे नयाँ पुस्तालाई सकारात्मक सन्देश प्रवाह गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “पत्रकारिताको स्वाभिमान र गर्व गर्ने पक्ष पछिल्ला समयमा कमजोर भएको छ, तर समग्रमा बर्वाद् भने भएको छैन ।”

नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष डा महेन्द्र विष्टले अरुमा भरपर्दा आफ्नो पहिचान नै खतम हुने भएकाले देशको पत्रकारिता क्षेत्रमा देखिएका सकारात्मक र नकारात्मक पक्षलाई समन्वय गरी सल्लाह एवं सुझावका आधारमा आगाडि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

महासङ्घका केन्द्रीय सदस्य बवीन शर्माले पत्रकारिताको पाठकले सामाजिक सञ्जाल र पत्रकारिताबीचको फरक छुट्याउन सके अहिले देखिएको विकृति र विसङ्गति स्वतः हटेर जाने विश्वास व्यक्त गर्नुभयो ।

वरिष्ठ पत्रकार टङ्क पन्तले पछिल्लो समय सञ्चारकर्ममा लागेकाबाट मेहनत कम र श्रोतको पुष्ट्याई नहुँदा आएका समाचारको विश्वासनीयता र गुणस्तरमा प्रश्न खडा भइरहेको धारणा राख्नुभयो ।

आयोजक संस्था सञ्चार प्रतिष्ठानका अध्यक्ष मीना शर्मा प्रतिष्ठानले विगत २३ वर्षदेखि मानवअधिकार, महिला र बालअधिकारको क्षेत्रमा काम गर्दै आएको जानकारी दिनुभयो । प्रतिष्ठानले मुलुकका सातै प्रदेशमा पुगेर पत्रकारिता क्षेत्रको अवसर र चूनौतिबारे स्वयम् पत्रकारको बुझाइबारे प्राप्त धारणा सो अवसरमा प्रस्तुत गरियो । रासस