७ मंसिर २०८१, शुक्रबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

संसार देख्न पाएकामा…



अ+ अ-

गोरखा । गोरखाको बारपाक सुलीकोट गाउँपालिका–१ र २ मा पर्ने बारपाकका ७० जनाको निःशुल्क मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ । यही पुस ११ गतेदेखि १३ गतेसम्म चलेको सो शिविरमा आँखा जाँच गराएकामध्ये शल्यक्रिया गर्नुपर्ने सबैको निःशुल्क शल्यक्रिया सम्पन्न गरिएको गाउँपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक कृष्ण भट्टले जानकारी दिनुभयो ।

शिविरमा चार सय ५० जनाले आँखाको निःशुल्क उपचार सेवा लिएको उहाँको भनाइ छ । शिविरमा ९७ वर्षकी वृद्धाकोसमेत मोतियाबिन्दुको सफल शल्यक्रिया गरिएको जनस्वास्थ्य निरीक्षक भट्टले बताउनुभयो । त्यस्तै दुवै आँखाको दृष्टि गुमाउनुभएकी ७७ वर्षीय थरमाया विकको दुवै आँखाको मोतियाविन्दुको शल्यक्रिया सफल भएको उहाँले जानकारी दिनुभयो । झण्डै चार वर्षदेखि दृष्टि दुवै आँखाको दृष्टि गुमाउनुभएकी विक शल्यक्रिया सफल भएपछि दृष्टि फिर्ता भएकामा खुसीले गद्गद् हुनुभएको थियो ।

“आँखाको पट्टी खोलेपछि वृद्धा विक खुसीले नाच्नु नै भयो”, उहाँले भन्नुभयो, “लामो समयपछि फेरि संसार देख्न पाएकामा उहाँमा खुसीको सीमा नै थिएन ।” नेपाल आँखा अस्पताल त्रिपुरेश्वरका मेडिकल डाइरेक्टर एवं नेत्ररोग विशेषज्ञ डा कमलबहादुर खड्काको नेतृत्वको टोलीले आँखा परीक्षण तथा शल्यक्रिया गरेको उहाले बताउनुभयो ।

नेपाल आँखा अस्पताल त्रिपुरेश्वरको प्राविधिक सहयोग तथा बारपाकस्थित बौद्ध बहुद्देश्यीय सहकारी संस्था, मुटु फाउण्डेसन काठमाडौँ र मनोज एशोसिएसन फ्रान्सले सहयोग शिविर सम्पन्न भएको हो । शिविरमा उपचार गराएकालाई आवश्यकताका आधारमा चस्मा र औषधिलगायत निःशुल्क वितरण उहाँले जानकारी दिनुभयो । गाउँपालिकाको समन्वयमा पालिकाभित्रका वडा नं ३ देखि ८ सम्मका वडामा भने यसअघि नै निःशुल्क आँखा शिविर सम्पन्न भइसकेको जनाइएको छ ।