२४ चैत्र २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

‘ए’ डिभिजन लिगको मिति तोक्न एन्फा र क्लब बैठक बस्दै



अ+ अ-

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) र ‘ए’ डिभिजन क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको मिति तोक्न आज बिहीबार बैठक बस्दै छ ।

एन्फा र ‘ए’ डिभिजन क्लबबीचको बैठक एन्फा कम्प्लेक्समा दिउँसो १ बजेबाट सुरु हुनेछ ।

एन्फाले छलफलको लागि लिगको मिति तय गर्न शीर्ष डिभिजनको लिग खेल्ने १४ क्लबलाई बैठकमा डाकेको हो ।

गत हप्ता बसेको बैठकले आज लिगको मिति तय गर्न एन्फा र क्लब सहमत भएका थिए । यसअघि एन्फाले शीर्ष डिभिजनको लिग पुस २८ गतेबाट गर्ने निर्णय गरेको थियो ।

तर, क्लबहरुले तयारी खर्च नपाएको भन्दै तोकिएको मितिमा लिग खेल्ने अस्विकार गर्दै आएको छ । यस्तै क्लबले खेलाडी दर्ता समेत गरेको छैन ।