२४ चैत्र २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

प्रभु साहले नयाँ पार्टी घोषणा गर्दै



अ+ अ-

काठमाडौँ । स्वतन्त्र सांसद प्रभु साहले नयाँ पार्टी घोषणाको तयारी गरेका छन् । उनले आज एक पत्रकार सम्मेलन गर्दै पार्टी घोषणा गर्ने भएका हुन् । यसका लागि उनले आफ्ना समूहका नेताहरुबीच छलफलसमेत गर्दै आएका छन् ।

आज दिउँसो ३ बजे बिजुली बजारस्थित क्रिस्टल प्यालेसमा पत्रकार सम्मेलन हुँदैछ । सांसद साहले आफ्ना समूहका नेताहरुसँग भएको अनौपचारिक छलफलको निचोड आज सार्वजनिक गर्ने बताएका छन् ।

नेकपा एमाले छाडेर रौतहट निर्वाचन क्षेत्र नं ३ बाट स्वतन्त्ररुपमा उम्मेदवारी दिएका साह प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । उनले नयाँ पार्टीको नाम आम जनता पार्टी हुनसक्ने बताएका छन् ।

साह तत्कालीन नेकपा (माओवादी) का केन्द्रीय सदस्यसमेत हुन् । उनी माओवादी जनयुद्धताका २०५५ मा भूमिगत भएका थिए ।

नेकपा पार्टी फुटेर एमाले र माओवादी केन्द्र बन्दा उनी एमालेमा लागेका थिए । तर गत मंसिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनअघि उनले एमाले छोडेको घोषणा गरेका थिए ।