१५ फाल्गुन २०८१, बिहीबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

एमाले एकताको जिम्मा ओलीलाई



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) केन्द्रीय कमिटीको बैठकले पार्टीलाई एकताबद्ध बनाउने जिम्मेवारी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ ।

वरिष्ठ नेता माधवकुमार नेपाल समूहले बहिष्कार गर्दै आएको सो केन्द्रीय कमिटी बैठकले पार्टीलाई एकताबद्ध बनाउन अध्यक्षले अधिकतम लचकता अपनाएर भए पनि एकताबद्ध बनाउने निर्णय गरेको एमाले सचिव एवं प्रवक्ता प्रदीप ज्ञवालीले बताए ।

४ साउनदेखि जारी केन्द्रीय कमिटी बैठक बिहीबार विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । नेपाली कम्युनिस्ट आन्दोलनको विकास, यसका अन्तरसंघर्ष र पछिल्लो समय आन्दोलनमा हुर्किंदै गएका विभिन्न स्वरूपका अवसरवादको आलोचना, खण्डन र भण्डाफोर गर्ने काम एमालेले गर्नेछ ।

पार्टी सदस्यता नवीकरणका साथै योग्यता पुगेकाहरूलाई नयाँ सदस्यता वितरणमा तीव्रता दिने निर्णय बैठकले गरेको छ । आधुनिक प्रविधिको प्रयोगमार्फत सदस्यता आवेदन, अद्यावधिक र नवीकरणमा सहजता, पारदर्शिता र तीव्रता दिने निर्णय बैठकले गरेको प्रवक्ता ज्ञवालीले बताए । राजधानी दैनिकमा यो समाचार छ ।