
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पार्टी अध्यक्ष रवि लामिछानेको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ ।
पार्टी बैठकले अध्यक्ष लामिछानेको नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय गरेको तर कुन मन्त्रालय लिने भन्ने टुंगो नलागेको बताइएको छ ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बनेको नयाँ सरकारलाई समर्थन गर्ने रास्वपा तेस्रो ठूलो दल हो ।