२४ चैत्र २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

अध्यक्ष लिङ्देनद्वारा १५ शय्याको अस्पताल उद्घाटन



अ+ अ-

बनियानी । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले झापाको हल्दिबारीमा निर्माण भएको १५ शय्याको ‘हल्दिबारी आधारभूत अस्पताल’ को उद्घाटन गर्नुभएको छ ।

हल्दिबारी गाउँपालिकाको हाताभित्र सञ्चालनमा आएको अस्पतालबाट बहिरङ्ग सेवासहित १५ प्रकारका सेवा उपलब्ध हुने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौलाले जानकारी दिनुभयो ।

अस्पतालबाट स्वास्थ्य बीमा कार्यक्रम, आकस्मिक स्वास्थ्य सेवा, प्रयोगशाला, फार्मेसी, इसीजी, एकीकृत बालरोग तथा नवजात शिशु व्यवस्थापन, सुरक्षित मातृत्व, परिवार नियोजनलगायतका सेवा प्राप्त हुने प्रमुख निरौलाले बताउनुभयो ।

स्वास्थ्य सेवा प्राप्त गर्न गाउँपालिकाबासी अन्यत्र धाउनुपर्ने अवस्था अन्त्य गर्न आधारभूत अस्पताल सञ्चालन ल्याइएको गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देनले बताउनुभयो । “सामान्य उपचारका लागि पनि अन्यत्रै धानउनुपर्ने अवस्था अन्त्य भएको छ,” उहाँले भन्नुभयो, “त्यसमा पनि स्वास्थ्य सेवा अत्यन्तै महङ्गो र सर्वसाधारणको पहुँचभन्दा बाहिर गइरहेकाले सोको अन्त्यका लागि अस्पताल सञ्चालनमा ल्याएका हौँ ।”

स्वास्थ्य बीमा कार्यक्रमको प्रथम बिन्दुका रुपमा अस्पताल सञ्चालनमा आएको उहाँले बताउनुभयो । अस्पतालमा एक जना मेडिकल अधिकृतसहित नौ जना जनशक्ति रहेको छ । हल्दिबारीमा तीन वटा स्वास्थ्य चौकी र दुई वटा आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट प्राप्त बजेटअनुरुप हल्दिबारी–१ अस्पतालको भवन निर्माण भइरहेको छ । ३३ हजार गाउँपालिकाबासीको स्वास्थ्य सेवामा पहुँच स्थापित गर्न रू १८ करोडको लागतमा निर्माणाधीन अस्पताल भवनको करिब २५ प्रतिशत निर्माणकार्य सम्पन्न भइसकेको छ । सोही अस्पताल अन्तरगत अस्थायीरुपमा हल्दिबारी गाउँपालिकाको स्रोत साधन प्रयोग गरी हल्दिबारी–५ स्थित हल्दिबारी गाउँपालिकको हाताभित्र ‘हल्दिबारी आधारभूत अस्पताल’ सञ्चालनमा आएको हो ।