
पोखरा । काठमाडौँ महानगरको मेयरमा विजयी भएपछि बालेन्द्र शाह (बालेन)लाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले तबला उपहार दिएका थिए ।
पोखरामा जारी नेपाल लिटरेचर फेस्टिभलमा ओलीलाई पत्रकारले प्रश्न गरे ‘र्याप गायकलाई तबला किन उपहार दिनु भएको ?’
त्यसको जवाफमा ओली भन्छन् – ‘मलाई के विश्वास थियो भने बालेन तबला बजाउने गर्नुहुन्थ्यो । उहाँसँग माटोको तबला थियो सार्दा फुट्यो । मसँग मेटल तबला थियो सार्दा फुट्थेन । यो लैजाउ भनेर दिएको । मलाई उपहार दिन मन लाग्यो मैले उपहार दिएँ ।’