२२ फाल्गुन २०८१, बिहीबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

राजनीतिक गुटबन्दीका कारण चाल्र्स शोभराजको रिहाईमा ढिलाई हुन गएको कानुन व्यवसायीहरुको प्रतिक्रिया(भिडियोसहित)



अ+ अ-

काठमाडौँ । कानुन व्यवसायीहरुले ‘सिरियल किलर’ चाल्र्स शोभराजको रिहाईमा ढिलाई भएको बताएका छन ।

सर्वोच्च अदालतको फैसलासँगै केन्द्रिय कारगारबाट थुनामुक्त भई शुक्रबार अध्यागमन विभागको जिम्मा लगाइएका शोभराजलाई फ्रान्स पठाउने तयारी गरिएको छ । यसैबीच, शोभराजको पक्षमा वकालत गर्दै आउनु भएकी कानुन व्यवसायी निहिता विश्वासले राजनीतिक गुटबन्दीका कारण उनको रिहाईमा ५ वर्ष ढिलाई हुन गएको बताउनु भयो ।

उहाँले अध्यादेश ल्याउने र आफ्ना मान्छेलाई मात्रै कारगारबाट छुटाउन खोज्ने राजनीतिक खिचातानीको मारमा पनि शोभराज पर्न गएको जिकीर समेत गर्नु भयो । कानुन व्यवसायी विश्वासले मुटुको रोग लागेका शोभराज कारगार भित्रै निधन हुने देखेपछि पनि अदालतले उनलाई रिहा गर्ने निर्णय लिएको तर्क समेत गर्नु भयो ।

उहाँले भन्नु भयो, ‘मिडियाको कारणले गर्दाखेरी कोर्टलाई डिजिसन मेकिङका लागि एकदमै प्रेसराईज भएको थियो । यो प्रोसेस चाँही फाईव इयर पहिले नै टुंगिनु पर्दथ्यो । प्रशासनि ढिलासुस्ती र सरकार तथा राजनीतिक दलहरुको खिचातानीको कारणले यो प्रक्रियामा लम्विन गयो । राजनीतिक दलहरुले आ–आफ्नो मान्छेलाई मात्रै निकाल्न खोजेकाले पनि यो प्रक्रियामा ढिलाई हुन गयो ।’

‘अध्यादेश ल्याउने र आफ्नो मान्छे मात्रै छुटाउन खोज्दा चाल्र्स शोभराज मात्र नभई अन्य कैदीबन्दीहरु त्यसका मारमा परेका छन । यो पाली सुप्रिय कोर्टमा पनि राम्रो साहस देखाएको छ । मुटुको रोग लागेर उनको निधन हुने भएको कारणले यी सबै विषयबस्तुलाई पनि ध्यानमा राखेर सर्वोच्च अदालतले यो फैसला गरेको छ । उनलाई फ्रान्स नै पठाउने फैसला गरिएको छ । सुरक्षा चुनौतिलाई ध्यानमा राखेर उनलाई आजै राति फ्रान्स पठाउने तयारी हामीले गरेका छौं ।’

यसैबीच, वरिष्ठ अधिवक्ता रामबन्धु शर्माले शोभराजलाई रिहा गर्ने सर्वोच्च अदालतको आदेश सराहनीय रहेको बताउनु भएको छ । शोभराजको पक्षमा वकालत गर्दै आउनु भएका उहाँले शोभराजको रिहा गर्ने सर्वोच्च अदालतको फैसलाले मानव अधिकारको सम्मान गरेको र उनी स्वयम्ले पनि न्याय पाएको प्रतिक्रिया दिनु भयो ।

वरिष्ठ अधिवक्ता शर्माले भन्नु भयो, ‘सर्वोच्च अदालतको जुन आदेश भयो । यो सराहनीय छ । र, यो आदेशबाट मानव अधिकारको सम्मान भएको छ । ढिलै भएपनि न्याय पाएको छन् चाल्र्स शोभराजले ।’

अध्यागमन विभागले आजै शोभराजलाई फेरी नेपाल फर्कन नपाउने गरी फ्रान्स पठाउने छ । अध्यागमन विभागमा पुग्नु भएकी कानुन व्यवसायी विश्वासले आज राति नै शोभराजलाई फ्रान्स पठाउने तयारी गरिएको स्पष्ट पार्नु भयो ।