एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) को मिनी अक्सन आज सुरु हुँदैछ । दिउँसो २ः४५ बजे कोच्चिमा सुरु हुने अक्सनमा आईपीएलका १० टोलीले ८७ खेलाडी किन्न लिलामीमा भाग लिनेछन् ।
यसैबीच, लिलामीको एक दिन अघि, इंग्ल्यान्डका १८ वर्षीय लेग स्पिनर रेहान अहमदले भने आफ्नो नाम फिर्ता लिएका छन् ।
बेन स्टोक्स, क्यामरन ग्रीन र साम करन जस्ता शीर्ष इंग्लिस र अष्ट्रेलियाली खेलाडीहरू आईपीएल २०२३ को सम्पूर्ण सिजनका लागि उपलब्ध हुनेछन् ।
लिलामीको एक दिन अघि आईपीएल टोलीहरूलाई पठाइएको पत्रमा, बीसीसीआईका अनुसार इङ्गल्याण्ड र अष्ट्रेलियाका क्रिकेट बोर्डहरूले आईपीएलको सम्पूर्ण सिजनका लागि आफ्ना खेलाडीहरूको उपलब्धता पुष्टि गरेका छन् ।
आईपीएल इतिहासमा यी हुन् सर्वाधिक महँगा खेलाडीहरुः
सिजन खेलाडी पारिश्रमिक टिम
२००८ महेन्द्र सिंह धोनी ९.५० करोड चेन्नई सुपर किंग्स
२००९ एन्ड्र्यु फ्लिन्टफ/ केभिन पिटरसन ९.८० चेन्नई सुपर किंग्स/रोयल च्यालेन्जर्स बैंगलोर
२०१० शेन बन्ड/कायरन पोलार्ड ४.८० करोड कोलकता नाइट राइडर्स/ मुम्बई इन्डियन्स
२०११ गौतम गम्भीर १४.९ करोड कोलकता नाइट राइडर्स
२०१२ रवीन्द्र जडेजा १२.८ करोड चेन्नई सुपर किंग्स
२०१३ ग्लेन म्याक्सवेल ६.३ करोड मुम्बई इन्डियन्स
२०१४ युवराज सिंह १४ करोड रोयल च्यालेन्जर्स बैंगलोर
२०१५ युवराज सिंह १६ करोड दिल्ली क्यापिटल
२०१६ शेन वाट्सन ९.५ करोड रोयल च्यालेन्जर्स बैंगलोर
२०१७ बेन स्टोक्स १४.५ करोड राइजिङ पुणे सुपरजाइन्ट्स
२०१८ बेन स्टोक्स १२.५ करोड राजस्थान रोयल्स
२०१९ जयदेव उनादकट/बरुण चक्रवर्ती ८.४ करोड राजस्थान रोयल्स/ पञ्जाव किंग्स
२०२० प्याट कमिन्स १५.५० करोड कोलकता नाइट राइडर्स
२०२१ क्रिस मोरिश १६.२६ करोड राजस्थान रोयल्स
२०२२ इशान किशन १५.२५ करोड मुम्बई इन्डियन्स