
काठमाडौँ । नेकपा (एमाले) को सचिवालय बैठकले निर्वाचनको जनादेशअनुसार विशेष भूमिका निर्वाह गर्दै अगाडि बढ्न अध्यक्ष केपी शर्मा ओलीलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।
भक्तपुरको बालकोटमा आज बसेको बैठक समसामयिक राजनीतिक विषयमा केन्द्रित रहेको र प्राप्त जनादेशअनुसार संसद्मा विशेष भूमिका निर्वाह गर्दै अगाडि बढ्ने निर्णय गरेको एमालेका उपाध्यक्ष सुवास नेम्वाङले जानकारी दिनुभयो ।