१९ बैशाख २०८२, शुक्रबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

प्राधिकरणले हटाउने भयो अव्यवस्थित तार



अ+ अ-

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न स्थानका अव्यवस्थित तार हटाउने भएको छ । प्राधिकरणले आज एक सार्वजनिक सूचना प्रकाशित गर्दै त्रिपुरेश्वरदेखि बूढानिलकण्ठ चोकसम्मको अव्यवस्थित तार हटाउने भएको छ ।

प्राधिकरणले विद्युतीय पोल प्रयोग गरी अव्यवस्थित तरिकाले तानिएको र प्रयोगमा नरहेका अनावश्यक अप्टिकल फाइबर तथा पोलमा जथाभावी झुण्ड्याइएका उपकरण हटाउने छ ।

प्राधिकरणले त्यस प्रकारका तार गत मङ्सिर १८ हटाउने जानकारी गराएको थियो । प्राधिकरणको आग्रह बमोजिम सेवा प्रदायक संस्थाले सूचना बमोजिमको व्यवस्थापन कार्य नभएको पाइएकाले अब यही पुस ११ देखि आफै हटाउने भएको हो ।

प्राधिकरणले त्रिपुरेश्वर सुन्धारा, रत्नपार्क, केशरमहल, लैनचौर, लाजिम्पाट, नारायणगोपाल चोकदेखि बूढानलिकण्ठसम्मको अव्यवस्थित तार आफै हटाउने भएको हो ।

प्राधिकरणले नेविप्रा ऐन, २०४१ को दफा १९ बमोजिम अव्यवस्थित तार हटाउन लागेको जनाएको छ । प्राधिकरणले त्यसबाट हुनसक्ने नोक्सानीका लागि आफू जिम्मेवार नहुने समेत स्पष्ट पारेको छ । उक्त कार्यबाट टेलिफोन, इन्टरनेट, केबल टिभी उपभोक्तालाई पर्नसक्ने असुविधाप्रति प्राधिकरणले क्षमा मागेको छ ।