
काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको नेता चयनका लागि निर्वाचन समिति बनाएको छ ।
पार्टी कार्यालय सानेपामा आज बसेको कार्यसम्पादन समिति बैठकले भीष्मराज आङ्देम्बेको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको हो ।
समितिको सदस्यहरूमा पुष्पा भुसाल र प्रकाश स्नेही छन् ।