
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूसहितको बैठक केहीबेरअघि सुरु भएको हो ।
बैठकमा संसदिय दल तथा नयाँ सरकार गठन र समसामयिक राजनीतिक बिषयबारे छलफल जारी रहेको एक नेताले जानकारी दिए । एक–दुई दिनमा संसदीय दलको नेता चयन गर्ने कांग्रेसको तयारी छ ।