१५ फाल्गुन २०८१, बिहीबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

अभिव्यक्ति सच्याउँदै ओली



अ+ अ-

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव नेपाललाई माफी दिने व्यक्ति आफू नभएको बताएका छन्। उनले माफी दिने वा कारबाही गर्ने भन्ने पार्टीले तय गर्ने भन्दै आफ्नो यसअघिको अभिव्यक्तिलाई सच्याएका हुन्। 

ओलीले गत बिहीबार केन्द्रीय कमिटी बैठकमा बाटो बिराएकालाई आममाफी दिने बताएपछि नेपालले त्यसको चर्को आलोचना गरेका थिए।

त्यसपछि ओलीले आइतबार अखिल नेपाल महिला संघको प्रथम बैठकलाई सम्बोधन गर्दै भने, ‘बाटो बिराएकालाई पनि फर्केर आउन आग्रह गर्छु, पार्टीको नीति र सिद्धान्तअनुसार चल्नुपर्छ। पार्टीलाई स्वार्थ र बिकाउमा नलगाऊँ। देशको सबैभन्दा बढी जनसंख्या एमालेमा छन्। एमाले परिपक्व राजनीतिक पार्टी हो, यो देशको मुख फेर्ने पार्टी हो।’ 

एमाले पनि भन्न नछाड्ने, अनुचित क्रियाकलापमा पनि सहभागी हुने गतिविधि अपराध भएको र यसले लोकतान्त्रिक आन्दोलनलाई असर पारेको उनको भनाइ थियो। यो समाचार नागरिक दैनिकमा छ ।