
काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । सभापति लामिछाने ओलीलाई भेट्न शुक्रबार राति उनको निवास बालकोट गएका हुन् ।
सत्ता समीकरणको विषयमा उनीहरूबीच छलफल भएको बताइएको छ । निर्वाचनमा दोस्रो ठूलो दल बनेको एमाले सरकार गठनका लागि विभिन्न दलहरूसँग संवाद अगाडी बढाइरहेको छ ।