१३ फाल्गुन २०८१, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

संयुक्त राष्ट्रसंघ अधिकार प्रमुखले सिनजियाङ भ्रमण गर्न सक्छन् तर छानबिन गर्न अनुमति छैनः चीन



अ+ अ-

बेइजिङ 'चीन' । चिनियाँ विदेशमन्त्री वाङ यीले संयुक्त राष्ट्रसंघ मानवअधिकार प्रमुख मिसेल ब्याचेलेटले सिनजियाङ भ्रमण गर्न सक्ने तर बेइजिङले यस क्षेत्रमा कुनै पनि अनुसन्धानलाई स्वागत नगर्ने बताएका छन्।

म्युनिख सुरक्षा सम्मेलनमा भिडियो द्वारा ब्याचेलेटलाई प्रतिबन्ध छ कि छैन भनेर सोध्दा भने विदेशमन्त्री वाङले '(चीन) सबै प्रकारका पूर्वाग्रह र अनावश्यक आरोपहरू अस्वीकार गर्दछ,' भन्ने टिप्पणि गरेका छन् । अधिकारवादी समूह र अमेरिकाले चीनले जातीय उइगरहरू विरुद्ध नरसंहार गरेको आरोप लगाएपछि यो प्रतिक्रिया आएको हो।

चीनमाथि उइगर र अन्य अल्पसंख्यक समूहहरूमाथि व्यापक दुव्र्यवहार गरेको आरोप लगाइएको छ जसमा यातना, जबरजस्ती श्रम र १० लाख मानिसहरूलाई नजरबन्द शिविरमा थुनिएको आरोप छ।

गैर-सरकारी संस्थाहरू र सञ्चार माध्यमहरूले चिनियाँ अधिकारीहरूले धेरै गम्भीर मानवअधिकार उल्लङ्घनहरू गरेको प्रतिवेदन तयार पारेका छन् । यसमा सिनजियाङ (उइघुर क्षेत्र) मा लाखौं उइघुर र अन्य टर्किक समूहहरूको मनमानी नजरबन्द, यातना र जबरजस्ती श्रम समावेश छ । हङकङमा स्वतन्त्र मिडिया, लोकतान्त्रिक संस्था र कानुनको शासनको पतनस उच्च-प्रविधि निगरानी प्रणालीहरूले अधिकारीहरूलाई शान्तिपूर्ण आचरणहरू ट्र्याक गर्न र अन्यायपूर्ण रूपमा अभियोजन गर्न सक्षम बनाउँन सहयोग पुर्याउँने बताइएको छ। (रासस/एएनआई)