३० चैत्र २०८१, आईतवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

एउटा दलको अध्यक्ष अर्को दलबाट सांसद बन्न नसक्ने भन्ने कानुनी व्यवस्था छैनः थपलिया(भिडियोसहित)



file
अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले एउटा दलको अध्यक्ष अर्को दलबाट सांसद बन्न नसक्ने भन्ने कानुनी व्यवस्था नरहेको बताएका छन् ।

आयोगको बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै आयुक्त थपलियाले एउटा दलको अध्यक्ष अर्को दलको समानुपातिक सांसद बन्न नसक्ने विषयमा स्पष्ट कानुनी व्यवस्था नरहेकोले यस्तो विषय सम्बन्धित व्यक्तिको नैतिकतासँग जोडिने बताए ।

आयोगले हालको चुनावमा देखिएको समस्यालाई समावेश गरेर निर्वाचन कानुन संशोधन गर्ने उनको भनाई छ । ८ वटा निर्वाचन कानुनलाई एउटै कानुन बनाउने गरी संशोधन गर्न लागेको उनले जानकारी दिए । कुन दलले चुनावमा कति खर्च गरेको छ भन्नेबारेको विवरण आयोगसँग सुरक्षित रहेको पनि उनले बताए ।

उनका अनुसार पुस ३ गते समानुपातिक सांसदहरूलाई प्रमाणपत्र वितरण गर्ने आयोगको तयारी छ ।