
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ ।
शनिबार बिहान केन्द्रीय कार्यालय सानेपामा समितिको बैठक सुरु भएको हो ।
समानुपातिकतर्फ पार्टीले पाएको ३२ सिटमा पठाउने सांसदको सूचीलाई अन्तिम रूप दिन केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको कांग्रेसले जनाएको छ ।
यसअघि बैठक शनिबार दिउँसो १ बजेका लागि तय भए पनि पहिले नै बोलाइएको हो ।