१९ चैत्र २०८१, बुधबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

नेवारी संस्कृतिको माध्यमबाट नेपाललाई विश्वभर चिनाउनुपर्छः प्रकाशमान सिंह(भिडियोसहित)



file
अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता तथा काठमाडौं क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य प्रकाशमान सिंहले नेवारी संस्कृतिको माध्यमबाट नेपाललाई विश्वभर चिनाउनुपर्ने बताउनुभएको छ ।

बिहीवार ज्यापु संस्कृति विकास कोषले १९ औँ राष्ट्रिय ज्यापु दिवसको अवसरमा काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता सिंहले विदेशीहरुलाई नेवारी संस्कृतिको माध्यमबाट नेपाल चिनाउनुपर्ने बताउनुभएको हो । उहाँले नेवारी संस्कृति नेपाललाई विश्वमाझ चिनाउने सशक्त माध्यम भएको उल्लेख गर्दै यसतर्फ सबैले ध्यान दिनुपर्ने बताउनु भयो ।

नेता सिंहले नेवारहरुको पहिचान नै भाषाको पहिचान भएको भन्दै नेवारी भाषालाई पनि जोड दिएर अगाडी बढाउनुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो – ‘अब हामीले लामो कुरा गर्ने भन्दा पनि कामले गरेर देखाउनुपरेको छ । समय परिवर्तनशिल छ र परिवर्तित समय अनुसार हामीले आफ्नो समुदायलाई सुहाँउँदो किसिमले आफ्नो काम गर्ने तरिकामा, सोचमा, गराईमा हामीले समयको माग बमोजिम सिक्नुपर्छ र त्यही अनुसार अगाडी बढ्नुपर्छ । तर समय परिवर्तनशिल छ भन्दैमा हाम्रा पुर्खाहरुले स्थापित गरेको हाम्रो मौलिक संस्कृतिलाई पनि हामीहरुले पूरै अवमूल्यन (टोटल्ली माइनस) गर्न मिल्दैन भन्ने कुरामा सजग हुनुपर्छ ।’

‘हाम्रो पहिचान भनेकै भाषाको पहिचान हो । नेवारी भाषाको जोड दिएर जुन रुपमा अगाडी बढाउनुपर्ने हो त्यसमा सबै मिलेर काम गर्नुपर्छ । यसलाई हामी सबैले महशुस गर्नुपर्छ । हाम्रो जुन संस्कृति छ । नेपालको विदेशीहरुले चिन्ने भनेकै नेवारी संस्कृतिबाट नेपाललाई चिनाउने सशक्त माध्यमको रुपमा अझ काम गरेर अगाडी बढाउनुपर्छ । यसमा ध्यान दिनुपर्छ ।’

उहाँले पुर्खाहरुले स्थापित गरेका मौलिक संस्कृतिहरुलाई नयाँ पुस्ताले अवमूल्यन गर्नु नहुने बताउनु भयो । यद्यपी समय अनुसार भने परिवर्तन भने हुँदै जानुपर्ने उहाँको भनाई छ ।