
काठमाडौँ । यही मंसिर २४ गते शनिबार नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने भएको छ ।
पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक सूचना जारी गर्दै शनिबार दिनको १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा उक्त बैठक बस्ने जानकारी दिनुभएको छ ।
उहाँले बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको अनिवार्य उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ ।