१८ बैशाख २०८२, बिहीबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

सुरक्षाकर्मीलाई कामु प्रधानन्यायाधीशको आदेश– राणालाई प्रवेश नदिनु



अ+ अ-

काठमाडौं । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा जबरालाई सर्वोच्च परिसरमा छिर्न नदिन सुरक्षाकर्मी आदेश दिनुभएको छ ।

सर्वोच्च स्रोतका अनुसार कामु प्रधानन्यायधीश कार्कीले महाअभियोग निष्क्रिय भएको पत्र सर्वोच्च अदालतमा दर्ता भएपनि प्रवेश गर्न नदिन आदेश दिनु भएको छ । जबरा अदालत आए प्रवेश गर्न दिने कि नदिने अन्योलमा सुरक्षाकर्मी रहेको बताइएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध लगाइएको महाअभियोग निष्क्रिय भएको पत्र सर्वोच्च अदालतमा आजै दर्ता भएको छ । बुधबार संसद्का महासचिव डा भरतराज गौतमले जबरालाई महाअभियोग निष्क्रिय भएको पत्र दिनुभएको थियो ।

तर नेपाल बार एसोसिएसन र सर्वोच्च बार एसोसिएसनले जबरालाई अदालत परिसरमा छिर्न नदिनेभन्दै मूल गेटमा धर्ना दिएका छन् ।

उनीहरुले संसद् अधिवेशन बस्न बाँकी छँदै संसद् सचिवालयबाट बीचमै षड्यन्त्रमूलक तरिकाले पत्र दिइएको आरोप लगाएका छन् । महाअभियोगको प्रक्रियामा गइसकेपछि संसद्ले कुनै निर्णय नगरेसम्म जबरामाथि लगाइएको निलम्बन फुकुवा हुँदैन भन्ने प्रष्ट व्यवस्था हुँदाहुँदै संसद्का महासचिवले षड्यन्त्रमूलक पत्र लेख्नु स्वीकार्य नहुने ती संस्थाले बताएका छन् ।

त्यस्तै कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पनि प्रधानन्यायाधीश जबरालाई सर्वोच्च परिसरमा छिर्न नदिन सुरक्षाकर्मी परिचालन गरेको स्रोतले बताएको छ । तर पत्र दर्ता भइसकेकाले जबरा अदालत आए प्रवेश गर्न दिने कि नदिने अन्योलमा सुरक्षाकर्मी रहेको बताइएको छ ।

यसअघि प्रतिनिधिसभामा गठित महाअभियोग सिफारिस समितिले जबराको बयान लिइसकेपछि जबराले अदालत प्रवेश गर्ने प्रयास गर्नुभएको थियो । त्यतिबेला अदालत प्रशासनले महाअभियोग निष्क्रिय भएको पत्र ल्याएको अवस्थामा प्रवेश गर्न दिने बताएको थियो ।

महाअभियोगबाट सफाइ पाएको अवस्थामा अदालत प्रवेश गर्न दिन मिल्ने दुवै बारले पनि बताउँदै आएका थिए ।

गत २०७८ फागुन १ जबराविरुद्ध संसद्मा महाअभियोग प्रस्ताव दर्ता भएको थियो । सो लगत्तै उहाँ निलम्बनमा पर्नुभएको थियो । बुधबार संसद्का महासचिव डा भरतराज गौतमले जबरालाई महाअभियोग निष्क्रिय भएको पत्र दिनुभएको थियो । पत्र पाएलगत्तै जबरा सर्वोच्च अदालतमा हाजिर हुने तयारीमा हुनुहुन्छ ।

मंगलबार मात्र जबराले आफूलाई कामकारबाही गर्न रोक नलगाउन माग गर्दै संसद् सचिवालयमा निवेदन दिनुभएको थियो । त्यसको प्रतिउत्तरमा संसद्का महासचिव डा गौतमले महाअभियोग प्रस्ताव तत्कालीन प्रतिनिधिसभामा पेश, प्रारम्भिक छलफल र महाअभियोग सिफारिस समितिबाट प्रतिवेदन बुझाइएको तर त्यसपछिको प्रक्रिया अगाडि नबढेको र नयाँ प्रतिनिधिसभाको निर्वाचन भइसकेकाले जबराले कार्यसम्पादन गर्न पाउने व्यहोरोका पत्र दिनुभएको थियो ।