१८ बैशाख २०८२, बिहीबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

संसदको महासचिवको पत्र असंवैधानिक, सर्वोच्चमा प्रवेश गर्न दिन्नौँ : नेपाल बार



अ+ अ-

काठमाडौँ । नेपाल बार एसोसिएसनले संघीय संसद्का महासचिवले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई महाअभियोग निष्क्रिय भएको पत्र दिन असंवैधानिक भएको बताएको छ ।

संसद्का महासचिव डा भरतराज गौतमले जबरालाई महाअभियोग निष्क्रिय भएको पत्र दिएपछि जबरा आजै सर्वोच्च अदालतमा हाजिर हुने तयारीमा रहेको बताइएको छ ।

महाअभियोग निष्क्रिय भएको पत्र दिएको खबरसँगै नेपाल बार एसोसिएसनले आकस्मिक बैठक बोलाएको छ । बारका महासचिव अञ्जिता खनालका अनुसार तत्काल बैठक बसेर निर्णय लिइनेछ ।

बारका उपाध्यक्ष हर्क रावलले महाअभियोग प्रस्ताव संसद्मा कायम रहेको अवस्थामा संसद्का महासचिवले महाअभियोग निष्क्रिय भएको पत्र दिनु गैरकानूनी भएको बताउनुभयो ।

महासचिव खनालले प्रतिनिधिसभाको एउटा कार्यकाल सएिपछि अर्को प्रतिनिधिसभाले महाअभियोग प्रस्तावलाई टुंगोमा पुर्याउनुपर्नेमा निष्क्रिय भएको पत्र दिन असंवैधानिक र गैरकानूनी भएको बताउनुभयो । उहाँले एउटा चिठीका भरमा महाअभियोग प्रस्ताव खारेज गर्न नमिल्ने जिकिर गर्नुभयो ।

एसोसिएसनले पत्रसहित सर्वोच्चमा चोलेन्द्रशम्शेर आएमा प्रतिरोध गर्ने तयारी गरेको बताइएको छ । उपाध्यक्ष रावलले भन्नुभयो, “चोलेन्द्रले सर्वोच्चमा आउने दुस्साहस नगरे हुन्छ । ”