१९ माघ २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

बाराही हाइड्रोपावरको आइपिओ खुला



अ+ अ-

काठमाडौँ । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)को बिक्री खुला गरेको हो ।

कम्पनीले प्रति शेयर रु एक सय अङ्कित दरका कूल पाँच लाख ५४ हजार कित्ता शेयर निष्कासन गरेको छ । यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि छुट्याएको दुई लाख ५० हजार कित्ता शेयरमा एक लाख ४६ हजार कित्ता तोकिएका बासिन्दालाई बाँडफाँट गरी बाँकी एक लाख चार हजारसहित कूल पाँच लाख ५४ हजार कित्ता शेयर सर्वसाधारणमा निष्कासन गरिएको हो ।

कम्पनीद्वारा निष्कासित शेयरमा २७ हजार सात सय कित्ता सामूहिक लगानी कोष र ११ हजार ८० कित्ता कम्पनीका कर्मचारीलाई बाँडफाँट गरी बाँकी पाँच लाख १५ हजार दुई सय २० कित्ता शेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन सकिने सार्वजनिक आह्वानपत्रमा उल्लेख छ ।

सार्वजनिक आह्वानपत्र अनुसार सर्वसाधारण लगानीकर्ताले यही मङ्सिर २६ गतेसम्म र सो अवधिमा मागबमोजिम आवेदन नपरे आगामी पुस ६ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ता शेयर खरिदका लागि आवेदन दिन पाइने उल्लेख छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आस्वा प्रणालीमार्फत तथा मेरो शेयर को वेबसाइट र मोबाइल एपमार्फत पनि आवेदन दिन सकिनेछ । कम्पनीले बागलुङको जैमिनी नगरपालिका वडा न। १, ४ र ५ मा पर्ने ठेउले खोलामा एक दशमलव पाँच मेगावाट क्षमताको ठेउले खोला जलविद्युत् आयोजना निर्माण गरेको छ ।

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । कम्पनीलाई ईक्रा नेपालले ‘ईक्राएनपी– आईआर बी माईनस’ ग्रेडिङ प्रदान गरेको छ ।