२२ माघ २०८१, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

उद्योगमन्त्री बडूसँग नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीको भेट



अ+ अ-

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूसँग भेट गरेको छ ।

उद्योग वाणिज्य महासंघले मुलुकको अर्थतन्त्र जोगाउन नेतृत्वदायी भुमिका निर्वाह गर्न आग्रह गर्दै मंगलवार मन्त्रालयमा पुगेर मन्त्री बडूसँग भेट गरेको हो । यसअघि पनि उद्योग वाणिज्य महासंघले मुलुकको अर्थतन्त्र जोगाउन नेतृत्वदायी भुमिका निर्वाह गर्न आग्रह गर्दै अर्थमन्त्री जनार्दन शर्मा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुुष्पकमल दाहालसँगसमेत भेट गरेको थियो ।

मुलुकको अर्थतन्त्र जोगाउन र अर्थतन्त्रमा देखिएका समस्या समाधानको लागि उद्योग मन्त्रीसँग भेट गरिएको महासंघले बताएको छ । उद्योग मन्त्रीसँगको भेटपछि न्युज एजेन्सीसँग भेटका विषयमा प्रतिक्रिया दिँदै महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले पछिल्लो समय अर्थतन्त्रमा देखिएका समस्याको विषयमा जानकारी दिनको लागि महासंघले भेट गरेको बताउनु भयो । उहाँले उद्योग मन्त्रीसँग पछिल्लो समय बजारमा देखिएको तरलता समस्याले उद्योग व्यवसायमा परेको समस्या कसरी सहज बनाउने विषयमा ध्यानाकर्षण गराएको बताउनु भयो ।

महासंघले पछिल्लो समय शीर्ष नेताहरूसमक्ष अर्थतन्त्रमा बहुुआयामिक असर परेको र बहुप्रतिक्षित चालु आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समिक्षालेसमेत विद्यमान समस्या सम्बोधन गर्न नसकेकोतर्फ चिन्ता प्रकट गर्दै समस्या समाधानमा सहयोग र समन्वय गर्न माग गर्दै आएको छ ।