१५ फाल्गुन २०८१, बिहीबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

कोरोनाको तेस्रो लहरको जोखिम उच्च : कक्षा १२ को परीक्षामा सहभागी हुने विद्यार्थीलाई खोप दिलाउन सुझाव



अ+ अ-

काठमाडौं । संसद्को शिक्षा तथा स्वास्थ्य समितिले कक्षा १२ को परीक्षामा सहभागी सबै विद्यार्थीलाई परीक्षा अगावै कोभिड–१९ को खोप दिलाउन सरकारलाई सुझाव दिएको छ । कोरोना संक्रमण तेस्रो लहर आउन सक्ने आशंकासँगै कक्षा १२ को परीक्षा हुनै लाग्दा परीक्षाअघि नै विद्यार्थीलाई खोप दिन समितिले सरकारलाई सुझाव दिएको हो ।

समितिले बुधबार आयोजना गरेको बैठकको निर्णय सुनाउँदै सभापति ओनसरी घर्तीले स्वास्थ्य मापदण्ड पालना गरी परीक्षामा सहभागी सबै विद्यार्थीलाई खोपको व्यवस्था गर्न सरकारलाई आग्रह गर्नुभएको हो । समितिले सबै परीक्षार्थीलाई पीसीआर टेस्ट गर्न समेत आग्रह गरेको छ ।

परीक्षा यही साउन ३१ देखि भदौ ९ सम्म हुँदै छ, जसमा ३ लाख ७४ हजार विद्यार्थीले परीक्षा दिँदै छन् । बैठकमा पूर्व शिक्षामन्त्री गिरिराजमणि पोखरेलले शिक्षक र विद्यार्थीलाई कोरोना खोप नदिएसम्म भौतिक उपस्थित सुरक्षित हुन नसक्ने बताउँदै तत्काल खोपको व्यवस्थापन गर्न सरकारलाई आग्रह गरे । उनले परीक्षामा स्थानीय तहलाई जिम्मेवार बन्न आग्रह गर्दै स्थानीय निकायकै संयोजनमा परीक्षा गर्नुपर्ने धारणा अघि सारे । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।