१८ बैशाख २०८२, बिहीबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

तस्बिरमा सन्देश छ: रामकुमारी झाँक्री



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) की सचिव रामकुमारी झाँक्रीले नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेल र नेता खिमलाल भट्टराइसँग बीचमा बसेर फोटो खिचाउँदै सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेकी छन् ।

काठमाडौँ फर्किने क्रममा भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा जम्काभेट भएपछि उनले दुवै नेतासँग खिचेको फोटो फेसबुकमा साझा गर्दै ‘तस्बिरमा सन्देश छ’ भनेर लेखेकी छन् ।

यद्यपि उनले तस्बिरले कस्तो सन्देश दिन खोजेको हो भन्नेबारे केही खुलाएकी छैनन् । गुल्मी निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य पदमा उनी एमालेका सचिव गोकर्ण विष्टसँग पराजित भएकी थिइन् ।

एमाले विभाजन हुँदा झाँक्री एमाले छाडेर माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीतिर लागेकी थिइन् । अर्थपूर्णरुपमा लेखेको सन्देशले उनले पुनः एमालेतिर फर्किन लागेको छनक दिएकी हुन् की भन्ने अनुमान गरिएको छ ।