२० माघ २०८१, आईतवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

झलनाथ खनालको हार निश्चित, पुनः मतदानको माग अस्वीकृत



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा हार निश्चित भएको छ । उनी पराजयको संघारमा पुगेका छन् ।

इलाम निर्वाचन क्षेत्र नं १ को मतगणना अन्तिम चरणमा पुगेको छ । मतगणना जारी छ । पछिल्लो मतगणनाअनुसार खनाल नेकपा (एमाले) का उम्मेदवार महेश बस्नेतसँग दुई हजार ५०० मतले पछाडि परेका छन् । यो क्षेत्रमा खनालको सातौँ पटकको उम्मेदवार थियो । यस निर्वाचनमा उनी बस्नेतसँग सुरुदेखि नै पछाडि परेका हुन् ।

ताजा मतपरिणामअनुसार बस्नेत २४ हजार ३०४ मत ल्याएर अग्रस्थानमा छन् । निकटतम प्रतिस्पर्धी खनालले २१ हजार ८०२ मत पाएका छन् । निर्वाचनमा कूल ५९ हजार ९०६ मत खसेको थियो र अहिलेसम्म ५६ हजार ४९२ मत गणना भइसकेको छ ।

अब करिब ३ हजार मत गन्न बाँकी छ । दुई हजार ५०० मतले पछि परेका खनाललाई अब गन्न बाँकी सबै मत आउने सम्भावना न्यून छ । उनले मतदानमा धाँधली भएको भन्दै पुनः मतदानको माग गरेका थिए तर निर्वाचन आयोगले उनको मागलाई अस्वीकार गरेको थियो ।