
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि निर्वाचन आयोगबाट प्रमाणपत्र लिएका छन् ।
चितवन निर्वाचन क्षेत्र नं २ का निर्वाचन अधिकृतले उनलाई प्रतिनिधिसभा सदस्यको प्रमाणपत्र प्रदान गरेका हुन् ।
चितवन निर्वाचन क्षेत्र नं २ बाट लामिछाने भारी मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । उनले नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठलाई २३ हजार ३१२ मतान्तरले पराजित गरेका हुन् ।
लामिछानेले ४९ हजार ३०० मत ल्याउँदा श्रेष्ठले १४ हजार ९८८ मत मात्र पाए ।