काठमाडौं । ओलखढुंगाबाट नेपाली कांग्रेसका रामहरि खतिवडा विजयी भएका छन् ।
प्रतिनिधिसभा सदस्यको लागि खतिवडाले ३३ हजार ५५६ मत ल्याएर निर्वाचित भएका हुन् ।
उनका प्रतिद्वन्द्वी नेकपा एमालेका यज्ञराज सुनुवार २६ हजार ७३८ मत पाए भने जनता समाजवादी पार्टीका जुद्धबहादुर राईले ८९७ मत पाए ।