
गलकोट । बागलुङ निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी निर्वाचित भएका छन् ।
केसी २१ हजार ४५१ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का डा सूर्यप्रसाद पाठकले १८ हजार ८२५ मत पाए ।
केसीले एमालेका पाठकलाई दुई हजार ६२६ मतले पछि पार्दै विजयी भएका हुन् ।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेलले ९ हजार १८२ मत पाए ।