
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन क्षेत्र नं २ उम्मेदवार रवि लामिछानेले दोब्बर मतान्तरले अग्रता लिएका छन् ।
जारी मतगणनामा रविले ११ हजार ८७२ मत पाएका छन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेका कृष्णभक्त पोखरेलले ५ हजार ६९८ मत पाएका छन् ।
सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले ५ हजार ५७३ मत पाएका छन् ।