२० फाल्गुन २०८१, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

रुपन्देहीका तीन क्षेत्रमा एमाले उम्मेदवारको अग्रता



अ+ अ-

रुपन्देही । रुपन्देहीका पाँच प्रतिनिधि सभा निर्वाचन क्षेत्र मध्ये क्षेत्र नं १, २ र ५ मा नेकपा (एमाले) ले, क्षेत्र नं ३ मा नेपाली कांग्रेस र क्षेत्र नं ५ मा समाजवादी पार्टीका उम्मेदवार उम्मेदवारले अग्रता लिएका छन् ।

क्षेत्र नं १ मा सत्तागठबन्धनको समर्थनमा स्वतन्त्र उम्मेदवार बन्नुभएका घनश्याम भुसाललाई पाँच सय ७८ मतले पछि पार्दै एमाले उम्मेदवार छविलाल विश्वकर्मा अगाडि हुनुहुन्छ । एमालेका उम्मेदवार विश्वकर्माले दुई हजार पाँच सय ४२ र भुसालले एक हजार नौ सय ६४ मत प्राप्त गर्नुभएको छ ।

रुपन्देही क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीलाई पछि पार्दै नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले अग्रता लिनुभएको छ । स्वतन्त्र पार्टीका उम्मेदवार पौडेललाई पौडेल एक सय ७५ मतले पछि पार्दै एमाले उम्मेदवार पौडेल अगाडि लाग्नुभएको हो ।

पछिल्लो मत परिणामअनुसार एमाले उपाध्यक्ष पौडेलले पाँच हजार तीन सय ११ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेल पाँच हजार एक सय ३६ मत प्राप्त गरी दोस्रो स्थानमा झर्नुभएको छ ।

१२ हजार तीन सय २६ मतगणना हुँदासम्म सत्ता गठबन्धनका केशवबहादुर थापा चार हजार ६० मतका साथ तेस्रो स्थानमा रहनुभएको प्रमुख निर्वाचन अधिकृत उद्विर नेपालीले जानकारी दिनुभयो । प्रदेशसभाका दुई क्षेत्रमै एमालेका उम्मेदवार अगाडि हुनुहुन्छ । प्रदेशसभातर्फ १ मा लिला गिरी र २ मा भोजप्रसाद श्रेष्ठ अगाडि रहनुभएको छ ।

रुपन्देही क्षेत्र नम्बर ५ मा नेकपा (एमाले) का उम्मेदवार बासुदेव घिमिरेले तीन हजार एक सय ५६ मतका साथ अग्रता कायमै राख्नुभएको छ ।

एमालेका प्रतिनिधिसभा सदस्यका उम्मेदवार घिमिरेले १३ हजार पाँच सय ५९ मत प्राप्त गर्नुभएको छ । भने सत्ता गठबन्धनका उम्मेदवार भरतकुमार शाहले १० हजार चार सय तीन मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालय प्रमुख चिन्तामणि शर्माले जानकारी दिनुभयो ।

रुपन्देहीको क्षेत्र नं ३ मा सत्ता गठबन्धनका उम्मेदवार गृहमन्त्री बालकृष्ण खाण र क्षेत्र नं ४ मा लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार सर्वेन्द्रनाथ शुक्लले अग्रता लिनुभएको छ । रासस