
डडेल्धुरा । डडेल्धुरामा प्रतिनिधिसभा सदस्यतर्फको मतगणनामा नेपाली कांग्रेसका शेरबहादुर देउवाले शुरुआती अग्रता लिनुभएको छ ।
अपरान्ह पाँचबजेसम्मको गणनामा देउवाले २३९ मत प्राप्त गर्नुभएको छ । त्यस्तै, नेपाली कांग्रेस (विपी) का कर्णबहादुर मल्लले १४१ र सागर ढकाल स्वतन्त्र उम्मेदवारले ९७ मत प्राप्त गर्नुभएको छ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री देउवा यस क्षेत्रबाट सातौ पटक प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुनुहुन्छ ।रासस