
डडेलधुरा । डडेलधुरामा नेपाली कांग्रेसले सुरुआती अग्रता लिएको छ । गठबन्धनकोतर्फबाट कांग्रेस उम्मेदवार एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले ४८ मत प्राप्त गरेका छन् ।
करुवा चिन्हबाट स्वतन्त्र उम्मेदवारी दिएका कर्ण बहादुर मल्लले ४२ मत पाए । त्यस्तै स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकालले १७ मत पाएका छन् ।
जिल्लामा कूल मतदाता ९१ हजार दुई सय १ रहेकामा ५१ हजार छ सय ६० मत खसेको मुख्य निर्वाचन अधिकृतले बताएको छ ।