
काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि निर्वाचन आयोगले तोकेको ५ बजेसम्मको समय सकिएको छ । आयोगले समय सकिएपनि मतदान केन्द्रमा ५ बजेसम्म उपस्थित भएका मतदातालाई मतदान गर्न दिने जनाएको छ ।
देशभर एकै पटक बिहान ७ बजेदेखि शुरु भएको मतदान छिटपुटका घटना बाहेक शान्तिपूर्ण रुपमा भएको आयोगले जनाएको छ । आयोगले अपराहन्न ३स्३० बजेसम्म १५ मतदान केन्द्रको मतदान स्थगित भएको जनाएको छ ।