
काठमाडौँ । अभिनेता राजेश हमालले लैनचौरको जननाथ स्मृति मावि केन्द्रबाट उनले बिहान मतदान गरेका छन् ।
प्रतिनिधिसभा र प्रदेशसभाको जारी निर्वाचनमा मतदान गरेपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले भविष्यमा राजनीतिमा आउने संकेत गरे ।
“यो चुनावबाट आउने परिणामले नयाँ मार्गनिर्देशित गर्छ । त्यसपछि मलाई लाग्छ कि यसमा चासो राख्ने र समावेश हुन चाहने व्यक्ति धेरै हुनुहुन्छ । मेरो पनि त्यही नै हो”, उनले भने ।
राजनीतिमा आउन खोजेको हो भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले सकारात्मक जवाफ दिँदै भने, “म आफूलाई असाध्यै तन्दुरुस्त राखिरहेको छु । मलाई लाग्छ कि अर्को पाँच वर्षपछि म नेपाली राजनीतिमा सायद आउँछु होला ।”