काठमाडौं । भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धीको कार्यक्रममा एक रमाइलो किस्सा भयो । जुन अहिले सामाजिक सञ्जालमा भाइरल भईरहेको छ ।
बुधबार ‘भारत जोडो यात्रा’ कार्यक्रममा गान्धीले राष्ट्रिय गान बजाउन भनेपछि मञ्चमा नेपालको राष्ट्रिय गान बज्यो ।
गान्धीले बजिरहेको नेपालको राष्ट्रिय गानलाई रोक्दै भारतको गीत बजाउन भने । भिडियोमा सबै जना राष्ट्रिय गान गाउन तयार देखिन्थे । तर दोस्रोपटक पनि फेरि नेपालकै राष्ट्रिय गीत बज्यो । ‘सयौं थुंगा फूलको हामी..’ बजिसकेपछि गीतलाई रोक्दै पुनः गान्धीले भारतको गीत ‘जनगणमन’ निर्देशन दिए । तेस्रो पटक बजाउदा बल्ल भारतको राष्ट्रिय गान बज्यो ।
भारतीय कांग्रेसलाई गाउँसँग जोडने भन्दै भारत जोडो यात्रामा निस्किएका गान्धीको उक्त भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भईरहेको छ ।
महाराष्ट्रको वासिममा आयोजित उक्त कार्यक्रममा गान्धीले ३० मिनेटको भाषण पनि दिए ।
Here is the full video: 1 min of entertainment & 57 seconds of respect.
•Rahul Gandhi asked to play national SONG.
•They played national anthem of Nepal.
•They stopped and played national ANTHEM of India.
•But they were actually playing all 5 paragraphs of Jan Gan Man 😭 pic.twitter.com/V4o0nH3WxW— Facts (@BefittingFacts) November 17, 2022