१५ फाल्गुन २०८१, बिहीबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

देउवा र निधिबीच बालुवाटारमा वार्ता, पौडेलसँग असन्तुष्टि



अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मंगलबार साँझ उपसभापति विमलेन्द्र निधिलाई सरकारी निवास बालुवाटार बोलाएर छलफल गरेका छन् । १४ औँ महाधिवेशनमा निधि सभापतिको प्रत्याशी बन्ने बताएपछि देउवा र निधिबीचको भेट पातलिएको छ ।

देउवालाई भेट्न प्रधानमन्त्रीको सरकारी निवास पुगेका निधिले आफ्नो संयोजकत्वमा गठन भएको समायोजन समितिले सर्वसम्मतिबाट पारित गरिसकेको विषयमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले विवाद निकालेको बताएका छन् । पौडेल पक्षको आग्रहमा निर्णय भइसकेको फाइल पुनः खोल्नु विधिसम्मत नभएको भन्दै निधिले बागलुङसहित जिल्लाका विषयमा उत्पन्न गरिएको विवादप्रति असन्तुष्टि व्यक्ति गरेका छन् । सो विषयमा सदस्यता छानबिन समिति प्रवेश गरेको भन्दै उनले असन्तुष्टि जनाएका हुन् । 

समायोजनको बाँकी काम सक्न बैठक राख्न पनि पौडेलले असहयोग गरेको भन्दै निधिले निर्णय खोल्दै र फेर्दै जाने हो भने समायोजन समितिको औचित्यमाथि नै प्रश्न उठ्ने बताएका थिए ।

आजको नागरिक दैनिकमा समाचार छ ।