१९ माघ २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

राप्रपालाई विजयी गराउन आम मतदातालाई अभिनेत्री कोइरालाको आह्वान



अ+ अ-

काठमाडौँ । चर्चित अभिनेत्री मनिषा कोइरालाले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई विजयी गराउन आम मतदातालाई आह्वान गर्नु भएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित राप्रपाको चुनावी सभामा बोल्दै उहाँले राजेन्द्र लिङदेनको नेतृत्वबाट आफू प्रभावित भएकाले आफूले राप्रपाका उम्मेदवारलाई रोजेको पनि स्पष्ट पार्नु भयो । भ्रष्टाचार गर्नु आमाको रगत खानु सरह रहेको कुरा लिङदेनले भनेपछि आफू त्यसको पक्षमा मनैदेखि उभिएको उहाँको भनाई थियो ।

अभिनेत्री कोइरालाले विपीको विचारलाई पनि लिङदेनले आत्मासात गरेकोमा आफूलाई गर्वबोध भएको बताउनु भयो । उहाँले जनताको आवाजलाई संसदमा बलियो बनाउन पनि राप्रपाका उम्मेदवारहरुले जित्नुपर्ने तर्क समेत गर्नु भयो । अभिनेत्री कोइरालाले भन्नु भयो, ‘आज म यहाँ उभिएको छु–राजेन्द्रजीको मुख हेरेर । उहाँको भाषण सुनेर । उहाँले जब भन्नु भएको थियो नि–भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानु हो ।

मलाई त्यो कुरा सुनेर मलाई लाग्यो कि नेपालले असल नेतृत्व पायो भनेर मलाई मनबाटै लाग्यो । त्यसैले म आज यहाँ उभिएको छु । अरुले विर्सेर होला । तर राजेन्द्र लिङदेनजीले विर्सनु भएको छैन विपी बालाई । विपी बाको मेलमिलापको नीति । उहाँले अन्तमा आएर बुझ्नु भयो कि । उहाँले नेपाललाई चाहिने कुरा राख्नु भएको छ । म चाहन्छुलाई उहाँहरुलाई अत्याधिक भोटले जिताउनु हो्स्, उहाँहरुका सबै प्रतिनिधिहरुलाई । र, हलोमा भोट दिनुहोस् । र, तपाईहरुको आवाजलाई संसदमा बलियो होस् भन्ने म चाहन्छु ।

उहाँहरुले तपाईहरुको सेवा गर्न पाउनु यो एउटा ठूलो मौका हो । तपाईहरुलाई थाहा छ कि छैन ? धेरै पहिला विपी र महेन्द्र सरकार दुईटै जना एक आपसमा आदर राख्नु हुन्थ्यो । तर, उहाँहरुले कहिल्यै पनि सहकार्य गर्न पाउनु भएको थिएन । त्यतिखेर मुलुकले एउटा ठूलो मौका गुमाएको थियो ।

अहिले त्यस्तै मौका तपाईहरुको हाम्रो ढोकामा आएको छ । अव यो मौकालाई हामीले गुमाउनु हुँदैन । अत्याधिक भोट दिनुहोस् । राप्रपालाई जिताउनुहोेस् । सबै उहाँहरुलाई जिताउनुहोस् भन्ने म आशा राख्दछु । तपाईहरुले मलाई सधैं माया दिनु भएको छ । सधैं आर्शिवाद दिनु भएको छ । म त्यसमा गौरव गर्छु । र, म चाहन्छु कि तपाईहरुको माया मेरो जीवनभर रहोस् । तपाईहरु सबैको जयहोस् ।’

अभिनेत्री कोइरालाले नेपाली जनताले आफूलाई सधैं माया गरेको उल्लेख गर्दै त्यसले आफूलाई गौरवबोध गराएको समेत बताउनु भयो ।